१५ आश्विन २०७५, सोमबार

काठमाडौं । केही बर्ष अगाडिमात्र पशुपति क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाउने सरकारले निर्णय ग¥यो । सरकारको निर्णयलाई त्यतिवेला बृद्ध र अशक्त नागरिकप्रति ‘अनुदार’ बनेको भन्दै टिका टिप्पणी भयो । अहिले उनीहरुको सहजताका लागि भन्दै अन्तत फेरी निःशुल्क टेम्पो सञ्चालनमा आएको छ ।

आइतबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीले औपचारिक शुभारम्भ गरेसँगै दुई वटा सफा टेम्पोले पशुपति परिसरमा बृद्धबृद्धा र अशक्तलाई सेवा दिइरहेको छ, निःशुल्क ।

यहाँ वातावरणमैत्री सफा टेम्पो सञ्चालनका लागि लक्ष्मी बैंकले आर्थिक सहयोग गरेको हो । सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनलाई पशुपति दर्शनका लागि कठिनाई भएको गुनासो थियो ।

दुई वटामात्र भएपनि विद्युतीय सफा टेम्पो चलाएर कोषले सर्वसाधारणको गुनासो सम्वोधनको प्रयास गरेको छ । टेम्पो सञ्चालनमा आएपछि केही हदसम्म बृद्ध र अशक्तलाई सहज भएको छ ।

बृद्ध र अशक्तका लागि भन्दै केही बर्ष अगाडी यहाँ ह्वील चेयरको व्यवस्था गरिएको थियो । तर, अहिले ति ह्वील चेयर वेवारिसे अवस्थामा यत्रतत्र छाडिएको छ । यि सफा टेम्पोको सदुपयोग र संरक्षणतर्फ भने ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV