१५ आश्विन २०७५, सोमबार

कास्की, १५ असोज । तलब नपाएको भन्दै निरन्तर सेवा अवरुद्ध पार्दै आएका पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबीच आज भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

कर्मचारी स्थाई गर्नुपर्ने र तलब दिनुपर्ने कर्मचारीको माग पूरा गर्न प्रशासन तयार नभएपछि बैठक विना निष्कर्ष टुंगिएको हो । वार्तामा प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापा र निर्देशक अर्जुन आचार्यले करिव २ सय ९० कर्मचारीलाई स्थाई गर्न र २०६४ सालमा थाई भएका कर्मचारीको स्तर बृद्धि गर्न नसक्ने बताएका थिए ।

लामो समयदेखिको आन्दोलनलाई लिएर प्रशासन मौन भएको र समस्या समाधान गर्न उदासिन भएको भन्दै कर्मचारीले असन्तुष्टि पोखेका छन् । प्रतिष्ठानले वार्तामा बोलाएको तर आफ्नो माग सम्बोधन नगरी कर्मचारीलाई काममा लगाउन खोजेको कर्मचारीको भनाई छ । यता, कर्मचारी स्थाई र स्तरोन्नती गर्ने अधिकार नभएकाले कर्मचारीलाई काममा फर्कन प्रशासनले आग्रह गर्दै आएको छ ।

जनताको स्वास्थ्य संग सिधा सरोकार राख्ने र गण्डकी प्रदेशकै ठुलो स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी र प्रतिष्ठान बिचको रसाकसीले बिरामीलाई मर्का परेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV