१५ आश्विन २०७५, सोमबार

सिओल । दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपतिको कैँद समयलाई अनुसन्धानका लागि आगामी डिसेम्बर १६ सम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

उहाँमाथि लगाइएको भ्रष्टाचार आरोपमाथिको सुनुवाईलाई विचाराधिन अवस्थामा राख्दै कैँद समयलाई बढाइएको हो ।

उहाँलाई विभिन्न भ्रष्टाचार आरोपमा महाअभियोग लगाईएको थियो भने यहाँको संवैधानिक अदालतको निर्णयमा उहाँलाई गत बर्ष मार्चको अन्त्यमा जिम्मेवारीबाट हटाइएको थियो ।

उहाँलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा २५ बर्ष जेल सजाँय तोकिएको थियो ।

उहाँको मुद्दामा सर्वोच्च अदालतले उहाँविरुद्ध दुई पटक पक्राउ पूर्जी जारी गर्दै अनुसन्धानका लागि म्याद थप गरेको थियो ।

पार्क र चोइले पदीय मर्यादा विपरित सामसुङ कम्पनीसँग ६ करोड ६० लाख अमेरिकी डलर बराबरको रकम चोइका दुई संस्थालाई चन्दा दिन दबाब दिएको लगायतका आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV