१५ आश्विन २०७५, सोमबार
  • आशिष केसी,

सल्यान १५ असोज । नेपाली काँग्रेस सल्यानको कार्यसमितिले लामो समयपछि पुर्णता पाएको छ । जिल्ला सभापति गणेश चन्दको अध्यक्षतामा बसेको निर्र्र्वािचत पदाधिकारी तथा सदस्यहरूको बैठकले सचिब र सह सचिबमा युवा ब्यक्तिहरुलाई चयन गरेको हो ।

जसमा सचिबमा प्रकाश भण्डारी र सह सचिबमा सन्तोषशेन वली रहेका छन । नेपाली काँग्रसको बिधानअनुसार सभापतिले प्रस्ताबित नामहरुलाई अनुमोदन गरेको हो । कांग्रेसको जिल्ला सचिबमा चयन भए पछि बोल्दै भण्डारीले सल्यानको काँगे्रसलाई एक ढिक्का बनाएर अगाडि लैजाने, सल्यान जिल्ला भित्र रहेका कार्यकर्ताहरु लाई कहिले पनि निराश नबाएर संगठन निर्माण गर्नुको साथै, काँग्रेसले सल्यानको बिकास निकासको निम्ती सबैदलहरु संग मिलेर अगाडि बढने बताए ।

सभापति चन्दले विधान अनुसार भण्डारीलाई सचिव र ओलीलाई सह सचिवमा प्रस्ताव गरेका थिए । बैठकले सभापतिको प्रस्तावलाई बहुमतले अनुमोदन गरेको थियो । सचिबमा निर्बाचित भण्डारी नेबिसंघ सल्यानका अध्यक्ष हुन भने वली तरुणदल सल्यानमा करिब ३ दशकदेखि आबद्ध रहि हाल बरिष्ठ उपाध्यक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV