१५ आश्विन २०७५, सोमबार

बनेपा । डिभिजन सडक कार्यलय भक्तपुरले सडकखण्डमा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएको छ ।

काभ्रेको साँगा–बनेपा सडकखण्डका अतिक्रमण घर टहरा भत्काइएको हो । उक्त घर टहरा भत्काउँदा स्थानीय र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार घर टहरा र होर्डिङ हटाउने क्रममा स्थानीयले अवरोध गरेछि झडप भएको थियो । राजमार्ग अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काउँदा स्थानीय र प्रहरीबीच झडप भएको डीएसपी दिपक गिरिले बताए ।

अतिक्रमण गरेर बनाएको घर टहरा हटाउने काम निरन्तर भइरहेको पनि प्रहरीहले जनाए । डिभिजन सडक कार्यलयले भदौ २८ गते घर टहरा हटाउन पन्ध्र दिने सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV