१५ आश्विन २०७५, सोमबार

ताराआचार्य

विराटनगर असोज १५  । एक नम्बर प्रदेशको राजधानी र नाम टुंगो लगाउने विषयमाविराटनगरमा नेकपा संसदीयदलको बैठक सुरु भएको छ ।राजधानी र नामाकरणको विषयमासत्तारुढ दलभित्रै मतभेद बढेपछि सांसदहरुको राय सुझावलिनको लागि बैठक बोलाइएको बताइएको छ ।

९३ जना संसद सदस्यभएको एक नम्बर प्रदेशमा नेकपाको ६७ सदस्यअर्थात दुई तिहाई बहुमत रहेको छ । केही सांसद सदस्यहरुले राजधानीविराटनगरबाट धरानवा इटहरी सार्ने मत राख्दै आएका छन् भने प्रदेशको नामाकरणमा समेत मतैक्य छैन ।प्रदेश सरकारले भने चालु अधिवेशनबाट नै राजधानी र नाम टुंगो लगाउने तयारी गरेको छ ।

दुई दिन सम्मचल्ने सो बैठकमा पहिलो दिन संसद सदस्यहरुले आप्mनो जिज्ञासा र राय प्रस्तुतगर्नेछन् भने दोश्रो दिनमन्त्रीहरुले जवाफदिने वताईएको छ ।

LIVE TV