१५ आश्विन २०७५, सोमबार

रामहरि श्रेष्ठ

ओखलढुंगा । ओखलढुंगामा भएको निजामती कर्मचारी र बैंक तथा बित्तीय संस्था बिचको खेलमा निजामती कर्मचारीले उपाधी हात पारेको छ ।

सदरमुकाम स्थित सगरमाथा जनता माविको खेल मैदानमा भएको खेलमा निजामती कर्मचारी बैंक तथा वित्तीय संस्थासंग ४–३ गोल अन्तरले बिजय भएको हो । खेलको पहिलो हाफमा बैंक तथा वित्तिय संस्था २–१ गोल अन्तरले अघि रहेको भएपनि द्रोस्रो हाफको अन्तिम समयमा निजामती कर्मचारीका प्रविण खड्कोे गोल नै निर्णायक बन्यो ।

जिल्लामा कार्यरत निजामति कर्मचारी र बैंक तथा वित्तिय संस्थाबीच सुमधुर सम्बन्धको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले खेलको आयोजना गरिएको आधिकारीक ट्रेड युनियन ओखलढुङ्गाका उपाध्यक्ष एवम् कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल निलकमल निरौलाले जानकारी दिए । यसअघि भएका मैत्रीपूर्ण फुटवल खेलमा भने बैंक तथा वित्तिय संस्थाको बर्चस्व रहदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV