१५ आश्विन २०७५, सोमबार

काठमाडौं, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर संसद् र स्थायी कमिटीका सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा गरेको छ । पार्टी एकीकरणपछि परिभाषित भूमिकाको खोजीमा रहेका नेता नेपालले दबाब बढाएर आफू पक्षीय नेता,कार्यकर्तालाई सम्मानजनक स्थान दिने गरी ‘सौदाबाजी’ बढाउन खोजेको संस्थापन पक्षको बुझाई छ ।

विदेश भ्रमणमा रहेका बेला पार्टी एकिकरणका लागि प्रदेश इन्चार्जलगायतका निर्णय भएपछि वरिष्ठ नेता नेपाल नेतृत्वसँग असन्तुष्टि रहँदै आएका छन् । नेपाल पक्षले आफूहरुलाई दबाएर अघि बढ्न खोजेको बुझेको छ ।

गत बिहीबार चालू अधिवेशन अन्त्य हुनुअघि संसदमा बोल्दै पूर्व प्रधानमन्त्री तथा एमाले सचिवालय सदस्य माधवकुमार नेपालले सरकारको चर्को आलोचना गरेका थिए । उनले देश डुब्नै लागेको भन्दै ‘माझी’ खोजेका थिए । साथै, शुक्रबार पार्टीको स्थायी समिति बैठक डाकी सरकारकै आलोचना गरेका थिए । यसै सम्बन्धी न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ‘६ प्रश्न’ कार्यक्रममा बोल्दै माधव नेपालले सानो चित्त गरेको खुलासा गरेका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

LIVE TV