१५ आश्विन २०७५, सोमबार

काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गरी सडक र सवारी सुरक्षित राख्ने लक्ष्यका साथ टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा यही असोज ११ गतेका दिनदेखि राजधानीमा सुरक्षित सडक अभियान सुरु गरेको छ ।

अभियानको पहिलो चरणको कार्यक्रम चापागाउँ (लेलेबाट शुरु गरिएको थियोे । उक्त कार्यक्रममा चापागाउँ) लेलेका १०५जना टिपर चालकहरुलाई ललितपुर ट्राफिक प्रहरी महाशाखा प्रमुख इन्स्पेक्टर सिताराम हाछेथु, सिप्रदीका इन्जिनियर, तालिम प्रबन्धक र महानगरीय ट्राफिक कार्यालयका प्रतिनिधिद्वारा संग्रचित व्यवहारिक विषय वस्तुमा आधारित सडक सुरक्षा तालिम दिई जानकारी गराईएको थियो ।

“सवारी नियम तथा ट्राफिक संकेत तथा सडक सुरक्षित राख्न ध्यान दिनुपर्ने कदमहरु अपनाए सडक दुर्घटना स्वतः कम हुनेछ, खालि लाइसेन्स मात्र भएर हुदैन“ ललितपुर महानगरीय ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सिताराम हाछेथुले भने । उनले पनि विभिन्न सत्य घटनाका भिडियो सहित उदाहरण दिदै सडक र सवारीका पालना गर्नुपर्ने आवश्यक नियमहरु बताए ।

कार्यक्रममा उपस्थित ट्रक (टिप्पर चालक, व्यवसायी, यातायात कर्मचारी सम्पूर्ण ग्राहकलाई धन्यबाद दिदै, सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले आफु नाडाको तर्फबाट सडक सुरक्षा र वातावरणको प्रतिनिधित्व गर्दै आउने दुई वर्षको योजनामा काम भैरहेको जानकारी गराए ।

साथै नाडा पनि यो विषयमा गम्भीर भैरहेको जानकारी गराए । सिप्रदीले यस अभियानका आगामी चरणका कार्यक्रम राजधानी लगायत देशभरि विभिन्न स्थानमा गर्दै आइरहेको जानकारी दिए ।

‘सडक सुरक्षा केवल ट्राफिक र सरकारको मात्र नभई सबैले जान्ने, बुझ्ने र अपनाउनु पर्ने कुरा हो र यस सडक सुरक्षा संग सम्बन्धित विभिन्न योजना र कार्यक्रम नेपाल सरकार, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडा अटोमोबिल्स एशोशियसन अफ नेपाल (नाडा)संग सहकार्य आउने दिनहरुमा गर्दैछौं’ सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने ।

अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको सिप्रदी टे«डिङ प्रा.लि. नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरु मध्ये एक हो । ७५० जना कर्मचारी लगायत ६५० जना सहयोगी कर्मचारी कार्यरत यस कम्पनी बिगत ३६ वर्ष देखि निरन्तर रुपमा उत्कृष्ट वस्तु र सेवा पु¥याउने एउटै उद्धेश्यका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV