१५ आश्विन २०७५, सोमबार

धनकुटा । सोमबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साँगुरीगढी गाँउपालिका धनकुटा १० की ३१ वर्षीया सनमाया राई र पाँचथर जिल्ला घर भई साँगुरीगढी गाँउपालिका १० मा छोरी ज्वाइँसँग बस्दै आएकी ६१ वर्षीया माया सुनुवार रहेका छन् ।

सोमबार बिहान साँगुरीगढी गाँउपालिका १० तम्राङबाट सुनसरीको धरान जाँदै गरेको को १ ज १८२१ नम्बरको जिप साँगुरीगढी गाउँपालिका ९ हर्दियामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।

दुर्घटनामा परी अन्य १४ यात्रु घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको एसपी गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV