१५ आश्विन २०७५, सोमबार

काठमाडौं । बंगलादेशमा जारी यू–१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १३२ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८.२ ओभरमा अलआउट हुँदै १३१ रन बनाएको छ ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । रसिद खानले ३० र मोहमद आहिफ शेखले २० र रीत गौतमले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

सातौं विकेटका लागि रसिद र रोहितले ४० बलमा ३८ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको ब्याटिङ केहि उकास्ने प्रयास गरेका थिए । रसिद २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा आउट भए ।

नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १७१ रनले पराजित भएको थियो । अफगानिस्तानले भने आफ्नो पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । युएई भने समुह चरणबाटै बाहिरिसकेको छ ।

LIVE TV