१५ आश्विन २०७५, सोमबार

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका ५ मा जीप दुर्घटना हुँदा १ यात्रुको मृत्यु भएको छ । ठूलोवेसीबाट बाग्दुलातर्फ गइरहेको लु १ त ३४७२ नम्बरको पिकअप जीप दुर्घटना हुँदा ठूलाबेसीका ३५ वर्षीया शालिक बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जीपमा ७ जना यात्रु सवार रहेकामा अन्य ६ यात्रु सकुशल छन् । दुर्घटनापछि ठूलावेसी—बाग्दुला सडक अवरुद्ध भएको छ । ब्रेकफेल भएर दुर्घटना भएको जानकारी प्रहरीले दिएको छ ।

LIVE TV