१५ आश्विन २०७५, सोमबार

धनगढी । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गोदावरी सारिएको विरोधमा भएको आम हड्ताल फिर्ता भएको छ । चाडपर्वलाई लक्षित गर्दै आम हड्ताल फिर्ता लिएको संघर्ष समितिले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

संघर्ष समितिले चाडवर्पको मुखैमा सरकारले जनभावना विपरित निर्णय गरेको आरोप लगाएको छ । विज्ञप्तीमा विद्यार्थी परिक्षा दिनबाट बन्चित भएको तथा चाडपर्वमा स्थानीय सर्वसाधरणलाई आवतजवातमा भएको उल्लेख गरिएको छ ।

संघर्ष समितिले आन्दोलन फिर्ता लिएसंगै कैलालीको जनजिवन सामन्य बनेको छ । तर, आज राति आठ बजे धनगढी उपमहानगरपालिका क्षेत्रभित्र एक घण्टा ब्याकआउट गर्ने संघर्ष समितिले जनाएको छ । शुक्रबार प्रदेशसभा दुईतिहाई बहुमतले प्रदेशको नाम सुदुरपश्चिम र राजधानी गोदावरी राख्ने निर्णय गरेको थियो ।

LIVE TV