१५ आश्विन २०७५, सोमबार

काठमाडौं । नेपालमा व्यापारदेखि राजीनितिक प्रभाव पार्न पछिल्लाे समय दुई ठूला छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा नै हुने गरेकाे छ । यस्तै सूचीमा पर्छ ‘एयर कनेक्टीभिटी’ पछिल्लो पटक चीनबाट नेपालका लागि अन्तर्राष्ट्रिय उडान संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछिन्दै गएको छ।

शनिबारदेखि चाइना साउदर्नले थालेको वाइडबडी विमानको सेवालाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ। तीन वर्षअघि चीनको व्यापारिक शहर ग्वानजाव–काठमाडौं–ग्वानजाव  सातामा दुइवटा मात्रै उडान गर्दै आएकोमा यो एयरलाइन्सले हाल सातामा नियमित १४ वटा व्यवसायिक उडान गर्दै आएको छ।

विदेशी वायुसेवाहरुको छाता संगठन एरलाइन अपरेटर्स कमिटी नेपाल (एओसीएन)का अनुसार योसहित चीनबाट काठमाडौंका लागि वाइडवडी विमान उडाउने एयरलाइन्सको संख्या दुई पुगेको छ। एओसीएनका अध्यक्ष सान्तनु सेन गुप्ताका अनुसार आधा दर्जन चिनियाँ शहरबाछ नेपालमा आउने ६ वटा एरलाइन्स पुगेकाे खबर कान्तिपुर दैनिकमा छ। यो भारतबाट काठमाडौं उडान गर्ने एयरलाइन्सको भन्दा दोब्बर हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV