१५ आश्विन २०७५, सोमबार

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकार आयुर्वेदिक अस्पतालको सञ्चालन र योग शिविरको विस्तारमा लाग्ने बताउनुभएको छ ।


स्याङ्जाको वालिङस्थित बाहुन थान डाँडामा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण सुवेदीको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अर्यालले अन्य उपचार पद्घतिबाट निको हुन नसकेको रोग आयुर्वेदिक औषधि र योगका माध्यामबाट निको हुने गरेकाले पनि आयुर्वेदिक औषधि र योगको महत्व बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले आफ्नो जन्मभूमि नेपालमा काम गर्ने इच्छा भएको बताउँदै आफू पनि यहीँको धुलोमा खेलेर बालापन बिताएको स्मरण गर्नुभयो ।

कार्यक्रममा सांसद मुकुन्द न्यौपाने, प्रदेशसभा सदस्य मोहन रेग्मीलगायतले बोल्नु भएको थियो । आचार्य बालकृष्णको पहल र सहयोगमा वालिङ नगरपालिकामा पाँच हजार रोपनी क्षेत्रफलमा रु १६ अर्बको लगानीमा आयुर्वेद कलेज, रिसर्च सेन्टर, अस्पताल, सभाहल, होस्टेल, जडिबुटी नर्सरी, बाल उद्यान, ज्ञान पार्क खोल्ने तयारी गरिएको नगर प्रमुख दिलीपप्रताप खाणले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV