१४ आश्विन २०७५, आईतवार

काठमाडौं । आगामी कार्तिक पहिलो साता नेपाल र भारतको यू-१९ टोलीबीच ‘इण्डो नेपाल सिडब्लुटी मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेट’ प्रतियोगिता हुने भएको छ ।


आयोजक सिडब्लुटी स्पोर्ट्स प्रालिले आइतबार नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालि र महाकाली स्पोर्ट्स सोसाईटीको सहयोगमा कार्तिक ४ देखि ८ सम्म मैत्रीपूर्ण खेल हुने जानकारी गराएको हो ।

प्रतियोगिता मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आयोजना हुनेछ । नेपाली क्रिकेट खेलको विकासको लागि प्रतियोगिता संचालन गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी नेपाली टोलीको खेल सामग्री, बसोबास र यातायातको व्यवस्था आयोजकले गर्नेछ ।
यस्तै खेल जनता टेलिभिजनबाट लाइभ र सिडब्लुटीको युट्युब च्यानलबाट लाइभ हुने प्रतियोगिता संयोजक सुमन भट्टले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV