१४ आश्विन २०७५, आईतवार

काठमाडौँ । चाडपर्वका लागि खाडी मुलुकबाट नेपाल फर्कनेको संख्या बढेको छ । यहि मौकाको फाइदा उठाउँदै एरलाइन्स कम्पनीहरुले यात्रुलाई प्राथमिकता दिँदा उनीहरुको सामान भने बाटोमै अलपत्र पर्ने समस्या बढेको छ ।

सर्लाहीका निरञ्जन मुखिया, घरमा बाबु सिकिस्त भएको खबर पाएपछि २२ दिनको छुट्टीमा हतार–हतार महंगोमा टिकट काटेर कतारबाट २६ सेप्टेम्बरमा नेपाल आए । सलाम एयरलाइन्समा आएका उनको लगेज भने ५ दिनसम्म पनि आएको छैन । घर जान बल्लतल्ल पाएको बसको टिकट पनि छुट्यो । घरमा बिरामी बाउ छोराको बाटो कुरिरहेका छन भने लामो समय परदेशमा बगाएको पसिनाको कमाइबाट चाडपर्वमा परिवारका लागि ल्यादिएको सामान बाटोमै छुट्टयो ।

लत्ताकपडादेखि बहुमुल्य सामानसहितको आफ्नो लगेजको कहाँ छ भन्ने पत्ता नलागेपछि निरञ्जनजस्तै १५० भन्दा बढी यात्रु हरेक दिन बिमानस्थलमा पुगेर
सलाम एयरलाइन्सका म्यानेजर अनिल शर्मा बढी यात्रु ल्याएकाले उनीहरुसँगै लगेज ल्याउन नसकिएको स्वीकार्छन । अलपत्र यात्रुको लगेज नआउँदासम्मको खाने/बस्ने जिम्मा एयरलाइन्सले लिने भने पनि वेवास्ता गरिएको यात्रुको गुनासो छ ।

विशेष गरी खाडी मुलुकबाट आउने बजेट एयरलाइन्सले यो समस्या पटक–पटक दोहो¥याउँछन् । लगेज हराए क्षतिपूर्ति दिने व्यवस्था भएपनि महिनौं झुलाउँछन् । बिमानस्थल प्रशासन भने २६ सेप्टेम्बरदेखि रोकिएका लगेज ३ दिनभित्र नल्याए सलाम एरलाइन्सलाई विमानस्थल प्रयोग गर्न नदिने चेतावनी दिएकोे छ ।

चाडपर्वका बेला खाडी मुलुकबाट आउने यात्रुको चापलाइ हेरेर एयरलाइन्स कम्पनीहरुले क्षमताभन्दा बढी टिकट बेच्ने र सामानको ठाउँमा पनि यात्रु ल्याउने प्रबृत्तिले यस्तो समस्या भएको हो ।

LIVE TV