१४ आश्विन २०७५, आईतवार

काठमाडौँ । महानगरीय प्रहरी परिसर, काठमाडौले दशैँ, तिहार जस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरेर दशैं, तिहारलगायतका चाडपर्व लक्षित विशेष विशेष सुरक्षा योजना लागू गरेको हो ।

सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादा तथा बर्दी सहितका प्रहरी परिचालन गरेको छ । त्यसैगरी चाडपर्वमा बढि भीड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूलाठूला सपिङ मलमा विशेष निगरानीका साथ प्रहरी परिचालन गरिएको जानकारी दिइएको छ । काठमाडौंका विभिन्न स्थानमा ६० वटा गस्ती टोली पनि परिचालन गरिएको छ । गस्ती टोलीले दशैंमा उपत्यका बाहिर जाने यात्रुका लागि सहज बनाउन आवश्यक ट्राफिक प्रहरी समेत परिचालन गर्ने तयारी गरेको छ ।

चाडपर्वका लागि मात्रै ३ हजार ५ सय ३५ जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी रहेको छ । परिसरले दसैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन भन्दै विशेष सुरक्षा योजना लागु गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV