१४ आश्विन २०७५, आईतवार

तारा आचार्य

विराटनगर, १४ असोज । एक नम्बर प्रदेश सभाले सिंचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आइतवार बसेको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको प्रतिवेदन सहितको विधेयक पारित गर्न प्रस्ताव गर्नुभएको थियो । सो विधेयक बारे संशोधन गर्नुपर्ने माग उठेपछि समितिमा दफावार छलफलका लागि पेश गरिएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले मुख्यमन्त्री तथा भौतिक पूर्वाधार र योजना मन्त्री शेरधन राईको तर्फबाट सो विधेयक प्रदेश सभामा पेश गर्नुभएका हो । सिचाईको सुविधा, सिचाई कर र दण्ड जरिवाना बारे सिचाई सम्बन्धी विधेयकमा व्यवस्था गरिएको छ ।

LIVE TV