१४ आश्विन २०७५, आईतवार

  • प्रियालक्ष्मी कार्की

काठमाडौं । खेलाडीको किनबेच अर्थात अक्सन नेपाली क्रिकेटमा पनि हुर्कदो व्यवहार बनेको छ । क्रिकेटले सम्भावनाका ढोकाहरु एक पछि अर्को गर्दै खोल्दै जाँदा नेपालमा बिभिन्न स्तरबाट क्रिकेट प्रतियोगिताको आयोजनाका लागि पनि उत्साह बढ्दो छ । प्रतियोगिताको आयोजनासंगै अक्सनमा राखेर खेलाडीको बोलकबोल गर्ने प्रक्रिया पनि लोकप्रिय बन्दो छ ।

धनगढी प्रिमियर लिगलाई जस दिनु पर्ने बोलकबोल प्रक्रिया अहिले नेपालका बिभिन्न क्रिकेट प्रतियोगितामा पनि उत्तिकै महत्वको पक्ष बनेको छ । नेपालमा अक्सन प्रक्रिया भित्रिएको लामो समय भएको छैन ।

तर यो प्रक्रियाले सानो समयमा नै नेपाली क्रिकेट क्षेत्रलाई भने निकै ब्यवसायिक बनाउदै गएको छ । नजिकिदै गरेको पोखरा प्रिमियर लिगका लागि नेपाली खेलाडीको अक्सन गरियो । जहाँ कहलिएका खेलाडीहरु माथि सम्मानजनक भाउमा बोलकबोल गरियो ।

नेपाली क्रिकेटमा खेलाडीहरुको अक्सन अर्थात बोलकबोल प्रक्रिया लोकप्रिय बन्दै

पोखरा प्रिमियर लिगका लागि खेलाडीहरु १३ लाखमा १३ खेलाडीको बोलकबोल

सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजारदेखि अधिकतम दुई २ लाख ५० हजार

क्याप्ड एज लेभलको न्यूनतम मूल्य ५० हजार र अधिकतम एक लाख ५० हजार

अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य एक लाख रुपैयाँ

अक्सनमा खेलाडीहरु १३ लाख रुपैयाँमा १० देखि १३ खेलाडीको बोलकबोल भयो । कार्तिक दोस्रो साताबाट हुने पोखरा प्रिमियर लिगका लागि अक्सन गरियो । जहाँ क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीहरुलाई राखिएको थियो । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३ टोलीको प्रतिनिधित्व गरेका खेलाडीहरु राखियो । अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेका बाहेकका खेलाडी राखियो ।

क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजार राखियो भने अधिकतम मूल्य दुई २ लाख ५० हजार राखियो । क्याप्ड एज लेभलको न्यूनतम मूल्य ५० हजार र अधिकतम मूल्य एक लाख ५० हजार निर्धारण गरियो । अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य एक लाख रुपैयाँ राखियो । यसरी खेलाडीहरुको अक्सन हँुदा खेलाडीहरुलाई ब्यक्तिगत रुपमा आफनो खेलको आफै विश्लेषण गर्न र आफनो क्षमतालाई वृद्धि गर्न प्रेरित गर्ने गर्छ । साथै अक्सन प्रक्रियाले केहि कहलिएका व्यवसायिक प्रतिष्ठानहरुलाई पनि खेलमा आकर्षित गरेको नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाको बुझाई छ ।

अहिले भन्नु पर्दा नेपाली क्रिकेटले अन्तराष्ट्रिय क्रिकेटलाई पछ्याईरहेको अवस्था हो । अन्तर्राष्ट्रिय क्षेत्रबाटनै अक्सन प्रक्रिया पनि नेपालमा भित्रिएको हो । अक्सन प्रक्रियाले विस्तारै विस्तारै नेपालमा लोकप्र्रिय बन्दै गएको र नेपाली क्रिकेट खेललाई ब्यवसायिकता तर्फ डो¥याउँदै लगेको क्रिकेटलाई नजिकबाट नियालिरहेका पत्रकार विनोद पाण्डेको भनाई छ । हुनत क्रिकेटमा बढ्दै गएको अक्सन प्रक्रियाले क्रिकेटलाई झन् ब्यवसायिकता तर्फ लगेकोमा कुनै शका छैन । क्रिकेटबाट सुरु भएको अक्सन प्रक्रिया विस्तारै फुटबल, ब्याटमिटन, गल्फ, भलिबल लयागतका खेलहरुमा पनि भित्रिने हो भने नेपाली खेलकुदले पनि परिवर्तनतर्फ पाइला राखेको भान हुने थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV