१४ आश्विन २०७५, आईतवार

म्याग्दी । न्यूज २४ टेलिभिजनका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट परोपकारी पत्रकारितामार्फत जिल्लाको सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै गौतमलाई प्रेस युनियन पत्रकारिता पुरस्कार–२०७५ बाट सम्मान गरिएको छ ।

जिल्लामा आर्थिक अवस्था कमजोर भएकालाई उपचार तथा चरम गरिबीका कारण शिक्षाबाट बन्चित भएका विद्यार्थीको शिक्षादिक्षामा निरन्तर कलम चलाएका गौतमलार्ई नगद पाँचहजार रुपैयाँसहित दोसल्ला ओढाएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सम्मान गरेका थिए । गौतमले जिल्लामा धेरैलाई समाचारको माध्यमबाट राहत संकलनका साथै उपचार र शिक्षादिक्षामा सहयोेग गरेका छन् । गौतमले सामाजिक तथा परोपकारी पत्रकारितामा कमल चलाउने गरेका छन् ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष, म्याग्दी मिडिया सोसाईटीका उपाध्यक्ष समेत रहेका गौतम ओमकुमारी शान्ति कोषलगायत सामाजिक संघसंस्थामा क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV