१४ आश्विन २०७५, आईतवार

काठमाडौं । वृद्ध तथा अशक्त भक्तजनलाई लक्षित गरेर पशुपति क्षेत्रमा दुई वटा ट्याम्पो सञ्चालनमा ल्याइएको छ । सो ट्याम्पोले वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिनेछ ।

ट्याम्पो खरिद गर्न लक्ष्मी बैंक लिमिटेडले आर्थिक सहायता गरेको बैंक सञ्चालक समितिका सुमिद भट्टराईले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले आईतबार एक कार्यक्रमबीच शुभारम्भ गरेका छन् । ।

सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनहरुलाई पशुपति दर्शनका लागि जान कठिनाई हुँदै आएको छ ।

त्यही अवस्थालाई ध्यानमा राखेर निःशुल्क २ वटा सफा टयाम्पो संचालनमा ल्याइएको हो । ६ वटा सिट संख्या रहेको सो सफा टयाम्पो वृद्ध तथा अशक्त भक्तजनहरुले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV