१४ आश्विन २०७५, आईतवार

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै खेलाडीलाई अमेरिकी महिला बलात्कारको आरोप लागेको छ ।

अमेरिकी एक महिलाले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।महिलाले रोनाल्डोलाई सन् २००९ मा लस भेगासको एक होटलको कोठामा बलात्कार गरेको र उक्त कुरालाई गुपचुप राख्न रानाल्डोले त्यतिखेर महिलालाई ३ लाख पचहत्तर डलर दिएको आरोप लगाएकी छिन् ।पिडित ३४ बर्षिया क्याथरीन मायोर्गा हाल स्कुलमा अध्यापन गराउँदैछिन् उनले आफुले त्यतिबेला रोनाल्डोले घटना घटेको केहि महिनापछि पुलिसमा उजुरी नगर्न भन्दै ठूलो परिणाममा पैसा दिएको र आफु पनि मन्जुर भएको तर समय सँगै त्यो घटनालाई बिर्सन नसकेको बताएकी छिन् ।

मायोर्गाले विश्व चर्चित भइसकेका फुटबल स्टार बिरुद्ध घटनाबारे केस गर्न हिम्मत नआएको बताएकी छिन् र हाल उनले सबै सामु आफुलाई साथ दिन समेत आग्रह गरेकी छिन् ।उनले हालै एक जर्मनी पत्रिका  ( Der Spiegel) मा बयान दिएर घटनाबारे खुलासा गरेकी हुन् ।उता रोनाल्डोले आरोप साँचो नभएको जवाफ दिएका छन् साथै उनका वकिलले यस आरोपबिरुद्ध र यस्तो गैरजिम्मेवार बयान छाप्ने पत्रिका बिरुद्ध अदालतमा केस लड्ने जवाफ दिएका छन् ।

महिलाले नौ बर्ष अघि जुन १२, २००९को दिन आफु लस भेगसको नाइट क्लबमा पाहुना सत्कार गर्ने एक मोडलको रुपमा कार्यरत रहेको र रोनाल्डो आफ्नो नातेदारको साथमा भिआइपी रुममा रहँदा आमने सामने भेटको फाइदा उठाउँदै राती एक्लै बनाई बलात्कार गरेको पत्रिकामा बयान दिएकी छिन् ।

LIVE TV