१४ आश्विन २०७५, आईतवार

काठमाडौँ । बक्स अफिसमा हिट भएको ‘विर विक्रमको सिक्वेलमा’मा नायकको रुपमा आकाश श्रेष्ठलाई अनुवन्धित भएका छन् । निर्देशक मिलन चाम्स ‘विर विक्रम २’ निर्माण गर्ने तयारीमा लागेका छन् ।

नायक अनमोल केसीको समय नमिलेका कारण मिलनको ‘ब्याचलर बन्टी’ प्रोजेक्ट भने पछि सरेको छ । चलचित्र ‘विर विक्रम २’का लागी नायिका बर्षा सिवाकोटी फाइनल भैसकेकी छिन् । चलचित्रमा दयाहाङ राई र नाजिर हुसेन पनि रहने बताइएको छ । केही दिनमै चलचित्रका कलाकार र छायांकन मितिको जानकारी दिने योजनामा यसको निर्माणपक्ष छ ।

LIVE TV