१४ आश्विन २०७५, आईतवार
  • तारा आचार्य

विराटनगर, १४ असोज । गृहमन्त्री रामबहादुर थापाले सरकार राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका लागि कडा रुपमा प्रस्तुत हुने जानकारी दिनुभएको छ । आइतवार विराटनगरमा संचारकर्मीसंग गृहमन्त्री थापाले राष्ट्रघाती र विखण्डनकारीहरु विरुद्ध कारवाही थालिसकिएको र यसको परिणाम चाडै देखिने बताउनु भयो ।

उहाँले सरकारले राम्रो काम गरिरहेकाले घेराबन्दी गरेर असफल बनाउने प्रयास थालिएको बताउनु भयो । उहाँले सरकारले नराम्रो काम गरेको भए अहिले जति सरकारको विरोध र गुनासो नआउने बताउनु भयो । उहाँले पुरानो र पराजित शक्तिहरु सरकारलाई असफल बनाउन र अस्थिरता पैदा गर्न लागिपरेको भएपनि सरकार शान्ति सुरक्षाको स्थिति सुदृढ गर्न लागिपरेको जानकारी दिनुभयो ।

सुन तस्करी बारे सोधिएको प्रश्नमा गृहमन्त्री थापाले मन्त्रिपरिषदको निर्णय अनुसार उच्चस्तरीय छानबिन समिति गठन भएको र छानबिन समितिले दिएको प्रतिवेदन मन्त्रिपरिषदमा प्रस्तुत भएपछि आवश्यकता अनुसार सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय मूल्यवृद्धिका कारण यातायातको भाडावृद्धि गर्नुपरेको जानकारी दिदै यातायातको भाडा अझै बढ्नुपर्नेमा सरकारले यातायात व्यवसायीसंग १० प्रतिशत मात्र बढाउने सम्झौता गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV