१४ आश्विन २०७५, आईतवार

सान होजे(रासस)। प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गर्नुभएको रात्रिभोजमा संलग्न हुनुभयो । उहाँको सम्मानमा आयोजित रात्रिभोजमा अन्य नेपाली प्रतिनिधिमण्डलको पनि सहभागिता थियोे ।


त्यसअवसरमा महावाणिज्यदूत भिक्टोरिया बादिला भीले प्रधानमन्त्रीको स्वागत गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 प्रधानमन्त्री ओलीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्छ । उक्त प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ ।
k|wfgdGqL cf]nL /flqef]hdf
sf]:6fl/sfsf nflu g]kfnL dxfjfl0fHob”t cfgf leS6f]l/of aflbnf eLn] zlgaf/ cfof]hgf ug'{ePsf] /flqef]hdf k|wfgdGqL s]kL zdf{ cf]nL;lxt g]kfnL k|ltlglw d08n . t:jL/ M ;’/]Gb|axfb’/ g]kfnL, ;fg xf]h], /f;;

प्रतिक्रिया दिनुहोस्

LIVE TV