१४ आश्विन २०७५, आईतवार

कञ्चनपुर। निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट तयार भएको छ ।

तीनै जनाको डीएनए रिपोर्ट शुक्रबार कञ्चनपुर आईपुगेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कठायतले जानकारी दिनुभयो । भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गराउन रगतको नमूना संकलन गरिएको थियो ।

सरकारी वकिलसँगको परामर्शपछि अदालतमा पेश गरेर डिएनए खोलिने कठायतको भनाई छ । यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नमिलेपछि उनी छुटेका थिए ।

त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् । साउन १० गते रोशनीको घर गएकी निर्मलाको साउन ११ गते विहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

LIVE TV