१३ आश्विन २०७५, शनिबार

बारा । राष्ट्रिय महत्वको दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ विमानस्थलको जग्गामा कमशल तार जाली लगाइएको छ । १४ किलोमीटर सिमेन्ट पोलमा जाली लगाउने कामका लागि एएलजे कम्पनी हेटौंडाले करिब १ करोड ६२ लाखमा ठेक्का लिएको थियो ।

तर ठेकेदारले आयोजनाको मापदण्ड मिचेर कार्य गरेको पाईएको छ । सम्झौतामा सिमेन्टको पोलको तल ६ इन्च को ढुंगाको सोलिङ्ग र १० इन्च बराबरको २ फिट तल कंक्रिटको ढलान गर्नुपर्ने भएपनि ठेकेदारले यी कुनै काम मापदण्ड अनुरुप गरेका छैनन् ।

यति मात्रै होईन कि ठेकेदारले ग्याल्वनाईज तारको प्रयोग गर्नुपर्नेमा उक्त क्वालिटीको तार प्रयोग नगर्दा अहिले नै खिया लागेको छ । विमानस्थल निर्माण सम्पन्न नहुञ्जेलसम्म रहनुपर्ने यो तारघेरावारा ५० प्रतिशत काम नसकिदै खिया लाग्ने र पोलहरु हल्लिएका छन् ।

आयोजनाका प्राविधिकहरुसमेतलाई प्रलोभनमा पारेर ठेकेदारले काम गरेको सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV