१३ आश्विन २०७५, शनिबार
  • कृष्ण पाण्डे,

लुम्बीनी । सामाजिक सञ्जालमा एक महिलाको जलेको अवस्थामा मृत शरीरको तस्वीर भाइरल भएपछि हामीले यसको वास्तविकता खोज्ने प्रयास गरेका छौँ ।

सामाजिक सञ्जालमा भाइरल यो तस्वीर लुम्बीनी सांस्कृतिक नगरपालिका ४ मुहबारीकी २२ वर्षीया तारा बारही हुन् ।उनका मामा बाबुराम बराइले भान्जीलाई न्याय माग गर्दै मानव अधिकारकर्मी, महिला अधिकार्मीसँग गुहार माग्दै सामाजिक संजालमा विभत्स तस्वीर राखेपछि यो घटना बाहिर आएको हो ।

इलाका प्रहरी कार्यालय लुम्बीनीका अनुसार बुधबार दिउँसो ४ बजे उनको घरमा नै जलेको अवस्थामा उनको शब भेटिएको थियो । मृतकका सशुराले प्रहरीमा जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतकका परिवारले उनले जलेको अवस्थामा देखेपछि प्रहरीमा खबर गरेको बताएपनि माइती पक्षले भने हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।
मृतकको तस्वीरमा शरीर जलेको देखिन्छ । मृतक बारहीका माइती पक्षले घटना शंकास्पद भएको भन्दै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइ छानबिन गर्न माग गरेका छन् ।

तर, रुपन्देही प्रहरी भने घटनाको पोष्टमार्टम रिपोर्ट आईनसकेकाले हत्या वा आत्महत्या छुट्याउन नसकिएको बताउँदै आएको छ । शबको भैरहवा भीम अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । उनी नेपाल आएर ५ दिन अघि मात्रै भारत फर्किएका थिए । मृतका २ बर्षका छोरा र ३ महिनाकी छोरी रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV