१३ आश्विन २०७५, शनिबार

कपिलवस्तु । कपिलवस्तुका सीमा नाकाहरुबाट भन्सार छलि गरेर रातको समयमा खाद्यन्न तस्करी हुने गरेको भेटिएको छ । हामीलाई प्राप्त भिडियो अनुसार रातको समयमामा व्यक्तिहरुले बोकेर, गोरु गाढामा भारतबाट भन्सार नतिरी चामल भित्र्याईरहेका छन् ।

कपिलवस्तुको रंगपुर नाकाबाट भारत सरकारले आफ्ना नागरिकलाई सहुलिएतमा वितरण गरेको चामल राजश्व नतिरी निर्वाधरुपमा नेपाल भित्रिरहेको छ ।
सीमा पारीसम्म ट्याक्टरमा ल्याउने र सीमा वारी भरियाहरु प्रयोग गरि नेपाल भित्र्याउने गरेको पाइएको छ । भरियाहरुले सामान साउलाई बुझाउने बताउँछन् ।

नाकामा नै नेपालका व्यापारीहरुले गोदाम राखेको छन् । यो चामल गोदामसम्म पु¥याउँछन् र नक्कली प्यान बिल काम गरी विक्री वितरण गर्छन् । चामल बाहेक, मेसिनरी सामान, लत्ता कपडासमेत तस्करी हुने गरेको स्थानीय बताउँछन् । नाकासँगै रङपुर प्रहरी चौकी भएपनि प्रहरीेले देखे नदेखेको जस्तो गर्ने गरेका छन् ।

यो विषयमा कृष्णनगर भन्सार कार्यालयका प्रमुख पुण्य विक्रम खड्काले रंगपुर नाकामा भन्सार कार्यालयको कुनै संंरचना तथा नियमान नभएकाले त्यहाँबाट कुनै पनि सामान ओसार पसार गर्न नपाइने बताउँछन् । यदि ओसारपसार भएको भए चोरी पैठारीका रुपमा प्रहरीले नियन्त्रण गर्नुपर्ने बताउँछन् ।
राज्यका नियमक निकायकै अगाडि बन्द नाकाबाट रातारात तस्करी हुनुले राज्यको राजश्वमा घाट त पुग्छनै सुरक्षामा समेत असर गर्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV