१३ आश्विन २०७५, शनिबार

सुनसरी । सुनसरी स्थायी ठेगाना भई हङकङमा बस्दै आएकी सोनी राई, उनका श्रीमान दिलबहादुर लिम्बुको हङकङमा प्रहरी इन्काउण्टरमा परि निधन भयो । प्रहरीले इन्काउण्टर गर्नै पर्ने गल्ती श्रीमानको के थियो भनेर उनी ८ वर्ष हङकङ सरकार विरुद्ध मुद्धा लडिन् ।

Sony Rai

 

यहि क्रममा नेपालमा उनी सासु आमा रनमाया लिम्बुको निधन भयो । सासु आमाको निधन भएको केही महिनापछि नेपाल आएकी उनि आफ्नो श्रीमानले पाउनु पर्ने अंश खोज्न लागिन् ।

तर परिवारका अन्य सदस्यले उनको श्रीमानले पाउनु पर्ने केहि पनि नरहेको भनेपछि जग्गाको रेर्कड खोज्न सुनसरी मालपोत कार्यालयमा पुगिन् तर मालपोत कार्यालयमा त अच्चम भयो, उनकी सासु आमाको मृत्यु भएको एक महिनापछि आएर अर्कै व्यक्तिलाई जग्गा पास गरेको रेर्कडमा देखियो ।

घटना यस्तो थियोः

धरान उपमहानगरपालिका १० कि रनमाया लिम्बुको २०७० कात्तिक १० गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निधन भयो । अस्पतालले दिएको मृत्यु प्रमाणपत्र अनुसार कात्तिक ९ गते अस्पताल भर्ना भएकी उनको स्वाश प्रस्वास प्रणाली फेल भएपछि १० गते निधन भएको थियो ।

तर उनै रनमाया लिम्बु २०७० मंसिरमा सुनसरी मालपोत कार्यालयमा उपस्थीत भएर इटहरी ३ को ३८९ नम्बर कित्ता जग्गा पास गरेर रत्नदेवी लिम्बुलाई पास गरिदिएकी छन् ।

कार्यालयको लिखतमा उनको उमेर ६७ वर्ष उल्लेख गरेको देखिएको छ । जग्गा पास लिएकी सरस्वती भनिने रत्नदेवी लिम्बु रनमाया लिम्बुकी छोरी हुन । उक्त अभिलेख कार्यालयको विवरण अनुसार ठीक छ भनी कार्यालयका प्रमाणीत गर्ने कर्मचारी हस्ताक्षर मात्रै छ तर नाम छैन ।

अझै अच्चम लाग्दो कुरा त के छ भने उतm जग्गा किर्ते गरि पास गर्नका लागि धरान उपमहानगरपालिका १० को समेत मिलेमतो देखिएको छ । अस्पतालले २०७० कात्तिक १० गते मृत घोषणा गरिएको व्यक्तिलाई वडा कार्यालयले २०७० पुस ५ गते मृत्यु भएको भनेर दर्ता गरेको छ । यसमा उमेर ६४ वर्ष उल्लेख गरेको छ तर मालपोत कार्यालयमा भने ६७ वर्ष उल्लेख गरेको छ ।

जग्गा पास लिएकी रनमाया लिम्बुकी छोरी रत्नदेवी लिम्बुले भने आमाको निधन नभएको अस्पतालको रेर्कड गलत भएको बताउँदै वडामा भएको मितीमा नै आमाको निधन भएकाले आमाले नै जग्गा पास गरेको दाबी गरेकी छन् ।

तर अस्पतालमा निधन भएको व्यक्तिको मृत्यु प्रमाणपत्र अस्पताले नै दिने हो । त्यही आधारमा स्थानीय निकायले दर्ता गर्नुपर्छ । धरान १० का श्रीप्रसाद लिम्बुले अस्पतालकै रेर्कड अनुसार वडा कार्यालयमा दर्ता हुने गरेको दाबी गर्दै आँफुहरु आउनु भन्दा पहिले नै भएकाले चेक गर्ने बताए ।

यसरी अस्पताल र वडा कार्यालयमा एउटै व्यक्तिको निधन भएको २ फरक फरक मिती उल्लेख गरिएको छ । यहि अवधिमा रनमाया लिम्बुको जग्गा पास भएको छ । हङकङमा ८ वर्षसम्म सरकार विरुद्ध मुद्धा लडेकी सोनी राई नेपाल आएर पनि सुख पाइनन् । सम्पत्तीका लागि कोही व्यक्तिलाई मितीमा ज्युँदो र मृत उल्लेख गरि किर्ते गर्ने व्यक्ति तथा निकायहरु माथि छानबिन हुनु पर्छ ।

LIVE TV