१३ आश्विन २०७५, शनिबार

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले एसिड आक्रमणबाट गम्भीर भएकीलाई नि:सुल्क उपचार गर्न निर्देशन दिएकी छन् ।

एसिड आक्रमणमा परेकी कावासोती डण्डाकी वसन्ती परियारको उपचार खर्च निःशुल्क गर्न मेयर दाहालले निर्देशन दिएपछि उनको उपचार खर्च सबै भरतपुर अस्पतालले बेहोर्ने भएको छ । घाइते वसन्तीको उपचारमा कुनै कमी हुन नदिने मेयर दाहालले बताएकी छन् । मेयर दाहालले अस्पताल पुगेर परियारको अवस्था हेरेपछि यस्तो आश्वासन दिएकी हुन् ।

महानगर प्रमुख दाहालसँग प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, अस्पतालका मेसु डा. कृष्ण पौडेल, प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, सामाजिक अभियन्ता मिना खरेल भरतपुर अस्पताल पुगेका थिए ।

बजारबाट घर फर्कदै गरेकी वसन्तीलाई कावासोती डण्डा हरमासी टोलमा छिमेकी बिमल श्रीपालीले एसिड आक्रमण गरेका  थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV