१३ आश्विन २०७५, शनिबार

काठमाडौं । तपाई घरमा आएको पाहुनालाई कसरी स्वागत गर्नुहुन्छ ? सायद, खुसी हुँदै नमस्ते गरेर । तर, विश्वमा यस्तो पनि चलन छ, कि पाहुनालाई थुकेर स्वागत गरिन्छ ।

हामी सकेसम्म घरमा आएका पाहुनलाई मिठो बोल्ने र सत्कार गर्ने गर्दछौं । तर, विश्वमा यस्तो ठाउँ पनि जहाँ पाहुनाको सत्कार थुकेर गरिन्छ ।

तर, केन्या र तान्जेनियामा पाहुना घरमा आएपछि थुकेर स्वागत गरिन्छ । यि दुई मुलुकमा भएका मसी जनजातीले वर्षौ देखि पाहुनालाई थुकेर सत्कार गर्ने गर्दछन् । घरमा पाहुना आएपछि एक अर्काको हातमा थुकेर स्वागत र सत्कार गर्छन् ।

पाहुना आएका बेला थुक्नलाई अनुशासित संस्कार मानिन्छ । नमस्कार, खुट्टामा ढोग्नु, न्युरिएर स्वागत गरे जस्तै यहाँ थुकेर पाहुना स्वागत गर्दा बढी आतिथ्यता मिल्ने विश्वास गरिन्छ । एक अर्कालाई हात मिलाइसकेपछि थुकेर मात्रै घरभित्र प्रवेश गर्ने चलन छ ।

यतिमात्र होइन, नवजात शिशुलाई पनि थुक्ने गरिन्छ । बच्चा जन्मिए लगत्तै खुसी हुँदा आफ्नो भावना प्रकट गर्न थुक्दा बच्चा खुसी हुने जनविश्वास छ । अब भन्नुस् यो चलन पाहुनका लागि पाच्य होला त अन्य मुलुकमा ?

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV