१३ आश्विन २०७५, शनिबार

काठमाडौं । संघीय राजधानी छिर्ने नागढुंगा–कलंकी सडकखण्डको विजोग धेरै भइसक्यो । हरेक सरकारले चासो राख्ने यो सडकखण्ड निर्माणमा उदासिनताको कुनै अन्तिम विन्दु भेटिनै छाडेको छ । धुँलोले ढाक्ने मुहार र जामकै कारणले माग्ने गुहार यस यात्राका अविष्मरणीय आतातायी उपहार हुन् ।

संघीय राजधानी मुख्य प्रवेशद्वारः दृश्य नयाँ होइन तर निराशाजनक हो । अति व्यस्त मानिने यो सडक–खण्डको दूरावस्थाले कमजोर राज्य व्यवस्थालाई प्रतिविम्वित गर्छ ।

हामी शनिबार स्थलगत रिर्पोटिङमा पूग्दा हुस्सु जस्तो देखिएको धुमिल दृश्य, धुलोको मुस्लो मात्र हो । वर्षौं भयो यो सडक बिस्तार र स्तरोन्नति गर्ने भनिएको । अन्य क्षेत्रको विकास निर्माणमा झैं यहाँ पनि ठेकेदारको लापरवाही । जसको जिम्मेवारी पाएकोछ, बिवादित निर्माण कम्पनी सैलुङ कन्सट्रक्सनले । जसका मालिक हुन् नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भनिएका शारदा प्रसाद अधिकारी । पहुँचकैभरमा छुट पाएका हुन कि झैं सडक निर्माणले प्राथमिकता पाउन नसक्दा कठिन यात्रा बाध्यता बनेको छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा ९ दशमलव १ किलोमिटर सडकको ठेक्का एक अर्ब १३ करोड, ८४ लाख बराबर रकममा ठेक्का लगाइएको थियो । २०७२ असार मसान्तमा १ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि त्यस अनुसार काम भएन । बल्लतल्ल ५० प्रतिशत काम सम्पन्न भएको छ । गुणस्तरीयतामा भने कुनै चासो देखिएको छैन । यो सडक निर्माण गर्न सैलुङले पनि तीन भाग लगाएको छ ।

र ज्वाइन्ट भेन्चर ठेक्कामा अरू कम्पनी छन् । सैलुङको प्राविधिक पक्ष कमजोर भएकाले ज्वाइन्टमा काम गरेको बताइन्छ । कलंकी नागढुंगाको तीन किलोमिटर खण्ड एमएस शर्मा, सैलुङ र कान्छाराम जेभी, ३ दशमलव ६ खण्ड लुम्बिनी–सैलुङ र साप जेभी र अन्य खण्ड एमएस शर्मा–शैलुङ र कान्छाराम जेभीलाई निर्माणको जिम्मा दिइएको छ । चाँडै काम गर्ने प्रतिवद्धता नआएको होइन तर, समस्या उस्तै छ ।

नजिकिदो चाडबाडका कारण शुत्रबार दिउँसोदेखि शनिबार मध्यान्हको समयमा मात्रै ११ हजार भन्दा बढी यात्रुबाहक सवारी साधन बाहिरिएको तथ्यांक थानकोट प्रहरीसँग छ । कठिन यात्रा गर्न अभ्यस्त बन्नुको विकल्प देखिएकोछैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV