१३ आश्विन २०७५, शनिबार

सुनसरी । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा लापरवाही ! सुन्दा अचम्म लाग्छ । एसियाकै उत्कृष्ट मानिएको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यवस्थापनको चरम लापरवाही देखिएको छ । जसका कारण स्वास्थ्य सेवा लिन आउने सर्वसाधारण प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।

सहज स्वास्थ्य सेवा पाउनुपर्ने आम नागरिकको मौलिक हक हो । विना झन्झट स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार हो भन्दा धरानमा उपचार गर्न जाने विरामी आश्चार्यमा पर्छन । कारण चिकित्सक र नर्सको चरम लापरवाही । चिकित्सक र नर्सको लापरवाहीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन उदासिन बन्ने गरेको छ ।

एकातिर सरकार, स्वास्थ्य उपचारमा विशेष योगदान पु¥याउने बताउँछ । सरकारको घोषणा विपरित अर्कोतर्फ सरकारी अस्पतालकै यो रुपले एक–आपसमा तारतम्य मिलेको देखाउँदैन । सरकारले स्वास्थ्य विमा कार्यक्रमको प्रभावकारितामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाधक बनेको छ । अस्पतालमा रहेका उपकरण मर्मत नहुँदा विजोगको अवस्था उस्तैछ ।

विरामीका लागि प्रयोग हुने लिफ्ट आफैं विरामी अवस्थामा छ । शल्यक्रिया समेत प्रभावित हुँदा समस्याको फेहरिस्त नै रहेको छ । उपचारका लागि बिल काट्नै घण्टौं पर्खिनुपर्ने बाध्यता त अब उपचार गर्न आउनेका लागि सामान्य झैं बन्न थालेको छ ।

धरान वडा नम्बर १३ का धनबहादुर राई सहज उपचार हुन नसक्दाको हैरानी यसी बताउँछन् ।

शैयाको अभावको त जटिल समस्यामा कसैले चासो दिएकै छैनन् । विरामीलाई भूईंमा सुताउनुपर्ने बाध्यताले धरानको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको चित्र स्पष्ट पार्छ । अस्पतालको अव्यवस्थाबारे प्रतिष्ठान प्रशासन बोल्नै चहादैन । पूर्वी नेपालको कुनै बेलाको चर्चित यो अस्पतालको हविगतले व्यवस्थापनको लापरवाहीको हदलाई प्रष्ट्याउँदै लगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV