१३ आश्विन २०७५, शनिबार

काठमाडौं । भाषा/भेषभूषाले विश्वमा मुलुकको अलगै पहिचान रहन्छ । कुनै समय नेपालको पनि आफ्नै भेषभूषा थियो, दौरासुरुवाल/ढाका टोपी तथा गून्युचोली । विश्वसामू अलगै पहिचान बोक्ने यो पहिरन राष्ट्रिय पोशाकका रुपमा रहन सकेन । दौरासुरुवाल र गून्युचोलीको अस्त्वि संकटमा पार्न नदिन युवाहरु जुरमुराउन थालेका छन् ।

भेषभूषा हरेक देशका लागि पहिचान बन्ने गरेको छ । यो मेरो देशको पहिचान बोकेको भेषभूषा हो भन्दै गर्व गर्ने ठाउँ अहिले छैन । कुनै पनि मुलुकले राष्ट्रको मौलिक संस्कृति झल्कने राष्ट्रिय पोशाकका बारेमा राष्ट्रको संविधानमा नै व्यवस्थित गरेकोे हुन्छ । तर, हाम्रो संबिधानले भने बर्षौ देखि आफ्नो पहिचान संस्कृति, सभ्यता बोकको दौरा सुरुवाललाई भने समेट्न सकेन । संविधानमा संरक्षण नभएपनि नेपालीको मन मस्तिष्कमा भने दौरा सुरुवाल र टोपीसँगको आत्मियतामा कुनै कमि आएको छैन ।

नेपालीपन, गोर्खालीको पहिचान, शान, गौरव भनेर उपमा पाएको टोपी तथा पोशाकका बारेमा भने कतै उल्लेख गरिएको छैन । शिरमा सजिएको टोपी, शरीरमा हिमालको भल्को दिने दौराको फेर अनि सुरुवाल र गुन्युचोली, जसलाई वर्षौ देखि नेपालीको पहिचानको रुपमा बुझ्ने गरिन्छ । दौरा–सुरुवाल र ढाका टोपीले सदियौंदेखि नेपालीकोे कथा र इतिहासलाई समेट्दै आएको छ । नेपालको राष्ट्रिय पोशाक बारेमा धार्मिक तथा तान्त्रिक महत्व अलगैछ । संकट मोचनको हेतुले अष्ठ मात्रृकाको प्रतिनिधित्व दौरा सुरुवालले गर्दछ ।

आठ टुक्रा कल्ली, छाँटी भोटो, चोलो, दौरा, सुरुवाल, जामा, लुगा सिलाउने हाम्रो मौलिक परम्परा छ । सुरुवाल पनि पञ्च भैरवका प्रतीक पाँच टुक्रामा गाँसी सिलाई शुभमुहुर्तमा धारण गर्ने गरिन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय औपचारिक समारोहहरुमा राष्ट्रिय पोसाक पहिरिनु राष्ट्रको इज्जतको कुरा हो । सरकारले देशमा बसोबास गर्ने सबै जातजातिको पोसाकलाई राष्ट्रिय पोसाकको मान्यता दिएको छ ।

तर पनि सिङो देशलाई नै प्रतिनिधिन्व गर्ने पोसाक नतोक्दा भने देशको राष्ट्रिय पहिचान नै खतरामा पर्ने आशंका पैदा गरेको छ । त्यसैले, सवै नेपालीलाई समेट्न सक्ने र सिङ्गो देशलाई प्रतिनिधित्व गर्नसक्ने पोसाकलाई राष्ट्रिय पोसाक तोक्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV