१३ आश्विन २०७५, शनिबार

गुल्मी । गृहमन्त्री रामबहादुर थापाले अपराधी र ठगलाई कारवाही गरेको कारण सरकार घेराबन्दीमा परेको दावी गर्नुभएको छ ।

गृहजिल्ला गुल्मी आइपुगेका गृहमन्त्री थापाले अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकार घेराबन्दीमा परेको बताउनुभएको हो । केहि व्यक्ति र घटना बिशेषलाई मात्रै उचालेर सरकार बिरुद्ध घेराबन्दी भएपनि आफुहरुले सवैलाई न्यायको पहुँच स्थापित गर्न योजनाबद्ध रुपमा लागेको मन्त्री थापाको तर्क थियो ।

दिलाउने पक्षमा प्रतिपक्षलाई सदनमा समेत बोल्न दिएकाले कुनै सार्वजनिक कार्यक्रममा नारा लगाउने र बिरोध जनाउने काम न्यायोचित नभएको थापाको भनाई थियो । पाँच प्रतिशत बलात्कारीहरु अनुसन्धानकै क्रममा रहेका भएपनि अन्य ९५ प्रतिशत बलात्कारीहरुलाई सरकारले नियन्त्रणमा लिइसकेको गृहमन्त्री थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV