१३ आश्विन २०७५, शनिबार

तारा आचार्य

विराटनगर १३ असोज । सरकार गठन भएको सात महिना वितिसक्दा पनि एक नम्बर प्रदेशले प्रदेशको नाम र राजधानीको टुंगो लगाउन सकेको छैन ।

असार मसान्त सम्ममा नाम र राजधानी टुगो लगाउने भनिएता पनि केही अवरोधका कारण ढिला भएको भन्दै सरकारले चालु अधिवेशनबाट चाँडै टुंगो लगाउने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनु भयो । उहाँले राजधानी र नामको विषयमा यहि असोज १५ र १६ गते सत्तारुढ दलको संसदीय दलको छलफल राखिएको बताउनु भयो ।

दुईतिहाई बहुमतद्धारा नाम र राजधानी टुंगो लगाउने प्रावधान रहे पनि यसको विषयमा अहिले छलफल समेत हुन सकेको छैन । ९३ जना संसद सदस्य भएको र नेकपाको स्पष्ट दुईतिहाई बहुमत रहेको एक नम्बर प्रदेशमा आन्तरिक विवादका कारण नाम र राजधानी टुंगो लाग्न सकेको छैन । नेकपाका जनजाति र पूर्व माओवादी सासदहरुले प्रदेशको नाममा पहिचान जोड्नुपर्ने मत राख्दै आएका छन् ।

दुई तिहाई बहुमतले पारित हुने सामान्य विषयमा समेत आपसमा समभ्mदारी नभएका कारण नाम र राजधानीको टुंगो लगाउन समय लम्बिने देखिएको छ । तर सरकारका मन्त्रीहरुले भने चालु अधिवेशनबाटै छलफल गरेर चाँडै टुंगो लगाउने दावी गरेका छन् । प्रदेश सातले शुक्रबार आफ्नो नाम र राजधानी सुदूरपश्चिम र गोदावरी जुराएपछि मुलुकको पूर्वी प्रदेश प्रदेश एकलाई बल्ल तातो लागेको देखिएको छ ।

LIVE TV