१३ आश्विन २०७५, शनिबार

दाङ । माटो खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका दोलइ खोलामा घर पोत्ने माटो खन्न गएका एकैघरका तीन जनाको मृत्यु भएको हो ।

मौरीघाटका ३० वर्षकी श्यामाकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र १२ वर्षीया रोजिना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दशैंका लागि घर पोत्ने माटो लिन उनीहरु दोलइ खोलामा पुगेका थिए । मृतक तीनजनाको मुचुल्का उठाएर पोष्टमाटमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV