१३ आश्विन २०७५, शनिबार

नारायण सुबेदी

नवलपरासी। उखु कृषकले पाउने रकम मिल सञ्चालकले उपलव्ध गराउने भएपछि आन्दोलन स्थगित गरेका छन् । कृषकले भुक्तानीका लागि भोलिसम्मको समय दिइएको बताइएको छ ।

सहमति अनुसार भुक्तानी नपाए पुनः आन्दोलन गर्ने उखु उत्पादक कृषक समिति नवलपरासीले चेतावनी दिएको छ । सहमति पालना नभए नवलपरासीको बर्दघाट नगरपालिकाको टिसीएन चोकमा उखु कृषकहरु भेला भई पूर्व निर्धारित विरोधका कार्यक्रम अनुसार राजमार्ग अवरुद्ध गर्ने उनीहरुको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भुक्तानीको वातावरण मिलाउने र भुक्तानी नगरे मिल सञ्चालकलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । पश्चिम नवलपरासीका उखु कृषकहरुले ६ महिना अघि चिनी मिललाई उखु बिक्रि गरे पनि अझै उखुको रकम भुक्तानी पाउन सकेका छैनन् ।

LIVE TV