१३ आश्विन २०७५, शनिबार

काठमडौँ । यू–१९ एशिया कप क्रिकेट अन्जतरगत नेपाल भारतसँग भारी अन्तरले पराजित भएको छ । यू–१९ एशिया कप क्रिकेट प्रतियोगीताको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १ सय ७१ रनले पराजित भएको छ ।

बंगलादेशको साभारस्थित मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धािरत ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ४ रन बनायो । भारतका लागि यशाभी जैसवालले १ सय ४ रनको शतकीय योगदान दिए । बलिङतर्फ भीम शार्कीले ४ विकेट लिँदा राशिद खानले दुई विकेट हात पारे । यस्तै कमलसिंह ऐरी, सागर ढकाल र सन्दिप जोराले १–१ विकेट लिए । उता ३ सय ४ रनको लक्ष्य पछ्याएको नेपाल ३६दशमलव ५ ओभरमा १ सय ३३ रनमै समेटियो ।

भारतीय बलरसामू नेपाली ब्याट्सम्यानहरुले लामो साझेदारी गर्न सकेनन् । बलिङतर्फ भारतका सिद्धार्थ देसाइ र हर्ष त्यागीले तीन तीन विकेट लिए ।

LIVE TV