१३ आश्विन २०७५, शनिबार

काठमाडौं, १३ असोज । नेपाल बैंकको सेयर मूल्य बढेको छ ।

सेयर लगानीकर्तालाई बोनश दिने सम्भावना देखिएसंगै बैंकको सेयर मूल्यमा वृद्धि भएको हो । नेपाल बैंकले लगानीकर्तालाई बोनश दिन बाँकी रहेको अवस्थामा छोटो समयमा बोनश खाने लगानीकर्ताको भीड लागेको छ ।

केही समय अघि बैंकले एफपिओ समेत जारी गरेको थियो । एफपिओमा त्यति आकर्षित नभएका लगानीकर्ता एकाएक बैंकको सेयरमा भने आकर्षित भएका हुन् । बैंकले प्रतिकित्ता २ सय ८० रुपैयाँको दरले निष्कासन गरेको एफपिओ बिक्री नभएपछि अन्डरराइट गर्ने कम्पनीले खरिद गरेका थिए । भदौ १० गते नेपाल बैंकको सेयर मूल्य दोस्रो बजारमा २ सय ८५ रुपैयाँ थियो ।

अहिले सोही बैंकको सेयर मूल्य ३ सय २४ रुपैयाँ कायमे छ । यसरी नेपाल बैंकको सेयर मूल्य ३९ रुपैयाँले बढेको देखिएको छ । बजारमा बैंकको सेयर मूल्य बढ्दै गर्दा असोज ९ गते भने सेयरको मूल्य ३ सय ३४ रुपैयाँ समेत पुगेको थियो । यसले दोस्रो बजारमा लगानीकर्ता नेपाल बैंकको सेयरप्रति आकर्षित भएको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV