१३ आश्विन २०७५, शनिबार

काठमाडौं । गत वर्ष मात्र रेविजका कारण ३२ जनाले ज्यान गुमाएका छन् । रेविज विशेषतः कुकुरको टोकाइबाट हुने रोग हो । कुकुर बाहेक अन्य लाइसा भाइरस संक्रमणबाट प्रभावित जनावरको टोकाइबाट रेबिज रोग सर्ने सम्भावना अधिक रहन्छ ।

रेविज लाइसा भाइरस संक्रमित जनावरको ¥यालबाट घाउको माध्याम हुँदै सर्ने रोग हो । यो भाइरस शरिरमा प्रवेश गरेपछि स्नायुको माध्यमले मतिष्कसम्म पुग्दछ । ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, पोलेजस्तो हुने गर्छ । भाइरस मष्तिष्कसम्म पुगेपछि मष्तिष्क तथा स्नायुहरु सुनिनेपछि हुन्छ । रेबिज भाइरसले संक्रमित व्यक्तिका क्रियाकलाप र व्यवहार अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आउँने चिकित्सकहरु बताउँछन् ।

कुकुर लगायत जनावरले टोक्ने बित्तिक्कै यो भाइरस संक्रमण नहोस् भनेर रेबिज बिरुद्धको खोप लगाउनु चिकित्सकहरुको सुझाव दिन्छन् । पिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत बर्ष मात्रै २६ हजार ३१२ जनालाई कुकुरले टोकेको तथ्यांक छ । जसमध्ये ३२ जनाको मृत्यु भएको छ । गाउँघरमा खुल्ला कुकुर छोड्ने समस्याका कारण पनि रेविजको संक्रमण बढ्ने खतरा रहन्छ ।

रौतहट पथुवाकी ४ वर्षीया रएना यादवलाई संक्रमित कुकुरले टोकेपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइयो । उनको परिवारले विरामी कुकुरको व्यवस्थापनमा स्थानीय प्रशासनले समेत ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

LIVE TV