१३ आश्विन २०७५, शनिबार

काठमाडौँ । नायिका तथा निर्देशक रेखा थापाका चलचित्र ‘मालिका’ लक्ष्मी पुजाको अवसर पारेर प्रदर्शनमा आउन लागेको छ ।

चलचित्र ‘मालिका’को ट्रेलर हिजो शुक्रबार सार्वजनिक गरिएको हो । कर्णालीको जाजरकोट , तराईका केही भाग र काठमाडौँमा छायांकन गरिएको यस चलचित्रमा नारीले आत्म स्वाभिमान जोगाउन गरिएको सर्घषलाई उठान गरिएको छ । विशेग गरेर कर्णालीका महिलाहरुको प्रतिनिधित्व यस चलचित्रले गरेको छ । चलचित्रको कार्यकारी निर्माता भने नर कार्की र रेखाकी आमा सरस्वती थापा रहेकी छिन् । चलचित्रमा शिवम अधिकारीको लेखन तथा पटकथा रहेको छ भने रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट रहेको छ ।

नायिका तथा निर्देशक थापा गाउन पनि रुचि राख्छिन् । उनी भन्छिन् , कार्यक्रमहरुमा अभिनय गर्नु भन्दा गाउन सजिलो हुन्छ । उनले  आफु देशको नागारिक भन्दा पर नरहेको बताइन् । बाँकि भिडियोमा हेर्नुहोस् ।

LIVE TV