१३ आश्विन २०७५, शनिबार

काठमाडाैं। कञ्चनपुर र कास्कीमा बलात्कारपछि हत्या गरिएका क्रमशः १३ र १० वर्षीया बालिकाको पारिवारिक पृष्ठभूमि केही समान देखिन्छ । त्यो समानता हो– दुवै घटनाका पीडितको विशृंखलित परिवार।

दुवै परिवारका आमा पतिबाट अलग्गिएको अवस्था थियो ।

दुवैका आमाले दुःखजिलो गरी सन्तान पालनपोषण गर्दै आएका थिए। कास्कीमा बलात्कृत बालिका आमा र दिदीसँगै मामाघर बस्दै आएकी थिइन् । बाबुले अर्की श्रीमती ल्याएपछि उनकी आमा माइत बसेकी थिइन्।

कञ्चनपुरमा हत्या गरिएकी निर्मलाका बाबु पनि अर्कै पत्नी ल्याएर अलग्गिएर बसेका थिए ।

पहिलो पत्नीसँग सम्बन्ध बिग्रिएपछि अर्की पत्नीका साथ भारत बस्दै आएका उनी घटनापछि मात्र नेपाल फर्किएका थिए ।

यी दुई घटनाले संकटग्रस्त र टुटेको परिवारका बालबालिका तथा महिला सबैभन्दा बढी बलात्कारको जोखिममा रहेको देखाएको छ।

कतिपय घटनामा साथी वा साथीको परिवारका सदस्य, नातागोता मात्र नभई परिवारका सदस्यबाट समेत बलात्कार भएको तथ्यांकले देखाएको छ।

परिवारका सदस्यबाट बलात्कृत हुनेमा कमजोर आर्थिक अवस्था भएका वा परिवारमा कलह भएका बालिका वा किशोरी भएको प्रहरीको अनुसन्धानले देखाएको छ।,यो खबर आजको नागरिक दैनिकमा छ ।

LIVE TV