१३ आश्विन २०७५, शनिबार

एजेन्सी । म्यानमारकी नेतृ तथा विदेश मन्त्री आङसाङ सुकीको मानार्थ नागरिकता खारेज गरेको छ । क्यानडाको संसदले रोहिंग्या अल्पसङ्ख्यक मुस्लिम समुदायविरुद्धको हिंसा नियन्त्रणका लागि पहल गर्न नसकेको भन्दै क्यानाडाले सम्मान खारेजको निर्णय गरको हो ।

रोहिंग्या मुसलमानमाथिको नरसंहार नभएको भन्दै मानवअधिकारवादी नेतृ सुकीले सरकारबाट गरिएको हिंसाको बचाउ गर्दै आएकी छन् । क्यानडाले म्यानमार सरकारकी सल्लाहकारसमेत रहेकी सुकीलाई सन् २००७ मा सैनिक शासकविरुद्ध शान्तिपुर्ण आन्दोलन गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो।

रोहिंग्या मुस्लिम समुदायविरुद्ध भएको नरसंहारलाई लिएर पछिल्ला समय सुकीको आलोचना भइरहेको छ । संयुक्त राष्ट्रसंघलेसमेत रोहिंग्या मुस्लिममाथि म्यानमारमा नरसंहार भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

रोहिंग्या मुस्लिम समुदायमाथि आक्रमण बढेपछि उनीहरु बंगलादेशमा शरण लिएर बसेका छन्। राष्ट्रसंघका अनुसार विस्थापित रोहिंग्याको संख्या १० लाखभन्दा धेरै छ ।

LIVE TV