१२ आश्विन २०७५, शुक्रबार

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सरकारका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

मन्त्री धर्मेन्द्र प्रधानले शुक्रबार राष्ट्रपति भवन, शीतलनिवासमा पुगेर सम्माननीय राष्ट्रपति भण्डारीसँग भेट गरेको राष्ट्रपतिको कार्यलयले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।

भेटमा मा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति राष्ट्रपति कार्यालयका प्रवक्ता छविलाल पराजुलीले बताएका छन् ।

LIVE TV