१२ आश्विन २०७५, शुक्रबार
  • रिया भण्डारी,

काठमाडौं, १३ असोज । भुस्याहा कुकुरको विगविगी भएको यो मुलुकमा गत बर्ष मात्र २६ हजार ३ सय १२ नेपालीलाई कुकुरले टोकेको छ । र , कुकुरको टोकाईबाट हुने रेबिजको कारण ३२ नेपालीले ज्यान पनि गुमाए । भुस्याहा कुकुर नियन्त्रणमा ध्यान पु¥याउन बिभिन्न कार्यक्रमहरु गरिदै आएपनि त्यस्को प्रभावकारिता नदेखिएको अवस्थामा शुक्रबार नेपालमा पनि ‘रेबिजबारे जनचेतना फैलाऔं,अमूल्य जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व रेबिज दिवस मनाइएको छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय दिवस मनाउनु पर्दा उदार भावना राख्ने नेपाली र सरोकारवाला निकायहरुले दिवसको प्रभावको बारेमा भने कुनै मूल्यांकन गरेको पाइदैन् । भुस्याहा कुकुरको आतंक नरोकिदा रौतहट पथुवा की ४ बर्षीया रएना यादबलाई बिहीबार यस्तै शिकार बनिन ।

कुकुरको टोकाईबाट टाउकोमा गहिरो चोट लागेको उनलाई शुक्रबार रेबिज बिरुद्वको सुइ लगाइयो र थप उपचार गर्न शिक्षण अस्पताल पठाइयो । गाउँमा प्रशस्त भुस्याहा कुकुर भएको भन्दै त्यसलाइ स्थानीय तहले ब्यबस्थापनमा ध्यान दिनुपर्ने उनका आफन्तको भनाइ छ । कुकुर पाल्ने र बिरामी भएपछि छोड्ने गर्दा छाडा कुकुरको टोकाईले रेबिजको उच्च जोखिम छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत आवमा मात्रै २६ हजार ३१२ जनालाई कुकुरले टोकेको थियो । २ हजार २ सय २ जनालाई कुकुर बाहेकका जनावरले टोकेका थिए ।

रेबिजविरुद्वको खोप भने २ लाख ८१ हजार ७१८ भाइल खपत भएको छ । रेबिज लाइसा नामक भाइरसले हुने रोग हो । यो भाइरस संक्रमित जनावरको ¥यालबाट घाउको बाटो हुदै शरीरभित्र छिरेर स्नायुको माध्यमले मतिष्कसम्म पुग्दछ र ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, पोलेजस्तो हुन्छ र भाइरस मष्तिष्कसम्म पुगेपछि मष्तिष्क तथा स्नायुहरु सुनिन्छ ।

रेबिज भाइरलले संक्रमित व्यक्तिका क्रियाकलापहरु र व्यवहारहरु अत्याधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आउछ र मृत्यु हुन्छ । रेबिज संक्रमणपछि यसको उपचार सम्भव मानिन्न । त्यसैले कुकुर लगायत जनावरले टोक्ने बित्तिक्कै यो भाइरस संक्रमण नहोस् भनेर रेबिज बिरुद्धको खोप लगाउनु पर्छ।

जनावरले टोकेमा वा कुनै आलो घाउमा चाटेमा पनि मान्छेलाई रेबिजको सङ्क्रमण हुन्छ । मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ । रेबिजको यो अवस्थाले पनि सोच्नु पर्ने अवस्था आएको छ , भुस्याहा कुकुरहरुलाई अब तह लगाउने या नलगाउने ?

LIVE TV