सडक दुर्घटना हुँदा तीनको मृत्यु ५० घाइते



प्रकाशित मिति : Sep 20, 2018

नयाँ दिल्ली। उत्तर भारतको, पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् ।

एक निजी बस पहाडी सडकमा पल्टिदा सो दुर्घटना भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ । बुधबार राती चिप्लो सडकमा बस पल्दिँदा सो घटना भएको र तीन व्यक्तिको घटना स्थलमा नै मृत्यु भएको छ । घाइतेहरु अस्पताल भर्ना गरिएको र घाइते मध्ये सातको अवस्था भने चिन्ताजनक रहेको नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले जानकारी दिएका छन ।

प्रत्यक्षदर्शीका अनुसार चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो । सो क्षेत्रमा लगाइएका घेराहरुको कारण बस खाल्डोमा खस्नबाट बचेको र घेरै व्यक्ति बाँच्न सफल भएका स्थानीय प्रहरी प्रमुख मोनिकाले सञ्चार माध्यमलाई बताउनु भएको छ ।
यस दुर्घटनाको अनुसन्धान गर्न सरकारले आदेश दिएको पनि मोनिकाले थप जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com