कैलालीमा बस दुर्घटना, दुईजनाको मृत्यु



प्रकाशित मिति : Sep 14, 2018

कैलाली । कैलालीको लम्कीमा बस दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्। चिसापानि कर्णाली देखि महेन्द्रनगरतर्फ आउदै गरेको कर्णाली रिभर यातायातको से १ ख ११८८ नम्बरको बस दुर्घटना भएको हो ।

लम्कीचुहा नगरपालिका १ को बल्चौरमा बसले साईकल यात्री सोही ठाउँका १२ वर्षका अनिल वादी लाई जोगाउन खोज्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लम्किका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।

उनले दुर्घटना परी साईकल यात्री बादी र बसमा सवार धनगढीका ३५ बर्षिय परचुङ पिटर तामाङको दुर्घटना पछि टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरि उपरीक्षक जोशीले जानकारी दिए। यस्तै दुर्घटनामा परी नेपाली सेनाका चार जना प्रशिक्षार्थी घाइते भएका छन्। सामन्य घाइतेहरुको लम्किस्थित लालरत्न अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाईतेलाई थप उपचारको लागी नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com